Latest Movie :
Home » » एक जना निर्धन पहाडे भाईले मधेशी नेताहरुलाई यस्तो प्रश्न पठाउनुभो हाम्रो इन्बक्स मा

एक जना निर्धन पहाडे भाईले मधेशी नेताहरुलाई यस्तो प्रश्न पठाउनुभो हाम्रो इन्बक्स मा

Rate it :
मधेशी नेताजीहरू !
तपाईहरू, मधेशीको अधिकार मधेशीलाई दिलाउन जोडतोडका साथ लाग्नुभारछ !आफ्नो अधिकार माग्नैपर्छ, माग्नुस् ! मेरो पनि पूरै समर्थन छ ! अँ, यति चैं स्पष्ट भनिदिनुस् न, कि, मधेशीका कुनकुन अधिकारको चैं, हनन भएको रहेछ र कसकसले गरेकारहेछन् ?
मधेशमा स्कूल र कलेज छैन ? पहाडमा भन्दा धेरै छन् ! मधेशमा अस्पताल छैन ? पहाडमा भन्दा धेरै र उपल्लास्तरका छन् ! मधेशमा बाटो पक्की छैनन् ? पहाडमा भन्दा बेसी छन् ! मधेशमा नहर छैन ? पहाडमाभन्दा बेसी छन् ! मधेशमा नुन पाइदैन ? पहाडमा पनि मधेशतिरैबाट लगिन्छ ।अहिले उता मुस्ताङ कि कता हो, रू ६०/केजि भो रे ! मधेशमा चिनी छैन ? चिनी मिल नै मधेशमा भएपछि, किन नहुनु ? मधेशमा खाने पानी छैन ? हातेकल, इनार, धारा आदिबाट मधेशमा घरघरै पानी पुग्छ जवकि पहाडमा १ गाग्री पानी ल्याउन उकालो-ओरालो गर्दै घण्टौ पनि हिड्नुपर्छ ! मधेशमा बस, ट्रक, ट्रैक्टर, मोटरसाइकल चल्दैन ? पहाडैमा बरू कम ठाउमा मात्र चल्छ । मधेशमा चामल छैन ? धान बेसी फल्ने नै मधेशमा हो ।

पहाडमा त मकै, कोदो, र खडेरीमा त सिस्नु र जंगलबाट गिठा-भ्याकुर खोजेर ल्याई खाएर पनि ज्यानसम्म बचाउछन् ! मधेशमा बजार छैन ? त्यो लहान छ नि, लहान ! त्यस्तै मात्र पनि बजार, पहाडमा देखाउनुस् त ! मधेशमा विजली छैन र ? मधेशका स्कूलमा, मधेशी नानीहरूलाई पढ्न दिदैनन् ? रोकेको, कतै देखिदैन ! मधेशका कलेजमा मधेशी युवाले पढ्नपाएका छैनन् ? कतै त्यस्तो देखिन्न ! मधेशकाले लोकसेवा, प्रहरी, शिक्षक आदिको जाँच दिन पाएनन् ? नपाको भए, ती सेवामा त्यत्रा मधेशी कताबाट पुगे त ? संविधानिक पदमा मधेशीले पुग्न पाएनन् ? यसमा त, वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सर्वोच्च अदालतबाट भरखरै सेवानिवृत्त प्रन्या रामकुमारकै उदाहरण नै काफी होला ! सर्वोच्च अदालतकै न्या. वलिराम कुमार, अवधेश यादव, गिरिशचन्द्र लाल, कमल नारायण, ताहिर अली आदिको नाम पनि सुन्नुभएकै होला !

पंचायतकालमा पनि, अनिरूद्ध बाबु, भगवती बाबु, रामानन्द बाबु, सुरेन्द्र बाबु, रूद्र बाबु, गौरीशंकर बाबु आदि सर्वोच्च अदालतलगायत कतिपय संविधानिक निकायमा पुग्नुभएकै हो ! मधेशीहरूले मन्त्री बन्न पाएनन् ? म पनि के बच्चा भाको नि ! तपाईहरू नै कतिपय मन्त्री भको हैन र ? मधेशीले काठमाडौमा घर/घडेरी किन्न पाएनन् ? लु, छानविन गर्नुस् त, मधेशमै ! काठमाडौमा घरजग्गा जोड्ने आर्थिक हैसियत भएका मधेसी ठूलाबडामध्ये, कस कसको चैं काठमाडौमा घर/ घडेरी रहेनछ ? मधेशीले राजनीतिक दल खोल्न र चुनाव लड्न पाएनन् ? लौ ! तपाईहरूकै त्यत्राबिघ्न दल भैसके, चुनावै लड्या हो ! अब हराउनु-जिताउनु त, जनताले गर्ने हो, अरूको के दोष ? लु नेताजीहरू, अब स्पष्ट भन्नुस् त ! मधेशीको कुन-कुन अधिकार खोसिएको रहेछ, कसले खोसेको रहेछ र कुन रूपमा फिर्ता माग्नुभएको हो ?
Share this article :

+ comments + 1 comments

September 17, 2015 at 12:47 PM

kaha question gare ho ...kasle gare hu , mukh ko samu garnu parthiyo ........, sahi ans dina , ramro lagthyo

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. नेपाली अनलाईन ब्लग - All Rights Reserved
Template Created by ThemeXpose